काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष पद्मनाथ शर्माको राजीनामा स्वीकृत भएको छ।
संस्थाको सञ्चालक समितिको भदौ ९ गते बसेको सञ्चालक समितिको १८३औँ बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा संस्थापक सदस्य गोपालकुमार शर्मालाई नयाँ अध्यक्ष नियुक्त गरेको हो।
संस्थाका अनुसार अध्यक्ष पद्मनाथ शर्माले गत भदौ १ गते दिएको राजीनामा भदौ २ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।
राजीनामापछि रिक्त रहेको सञ्चालक पदमा संस्थापक सदस्य गोपालकुमार शर्मालाई नियुक्त गरिएको हो। गोपालकुमार शर्माको नियुक्ति भदौ ९ गतेदेखि लागू हुने संस्थाले जनाएको छ।