काठमाडौं । बुधबार बिहान रसुवामा आएको भोटेकोशी नदीको भीषण बाढीपछि बेपत्तामध्ये आज बिहान नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक छन्। विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे ल्याइँदै गरेको छ ।
यस्तै, हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको जीवितै उद्धार गरिएको सेनाले जनाएको छ । अन्य तीनवटा टनेलमा पनि उद्धार कार्य जारी ।
टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको समेत जीवितै उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी रहेको नेपाली सेनाले जनाएको छ ।