काठमाडौं । नेपालमा बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगकोसहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहततथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको
छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र साइमेक्सलेनेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन् । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा
पुनर्स्थापनाका कार्यमा परिचालन गरिनेछ ।
यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत,पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै,प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत
सहयोग पुग्नेछ ।
हालैको बाढीका कारण रसुवा जिल्लामा ठूलो क्षति पुगेको छ । नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वारकारूपमा रहेको रसुवा मुलुकको महत्वपूर्ण व्यापारिक मार्गसमेत हो । नेपालमा बीवाईडीका सवारीसाधन आयातहुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्व रहेको छ ।
सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनकामहाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेकोकठिन अवस्थाप्रति बीवाईडी गहिरो दुःखी रहेको बताएका छन् ।

उनले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बीवाईडीको ध्यान रसहानुभूति रहेको उल्लेख गरेका छन् ।
लिउले बीवाईडी नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिएको र स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमागरिएको यो सहयोगले सरकारका राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेकाछन् ।
उनले उक्त सहयोगले प्रभावित समुदायलाई पुनःउत्थान तथा पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा रहेको बताएका छन् । नेपालले कठिन परिस्थितिमा पनि उल्लेखनीय दृढता र सहनशीलता प्रदर्शन गर्दै आएकोउल्लेख गर्दै उनले एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वासव्यक्त गरेका छन् ।
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक. प्रालि.ले देशमा दिगो विद्युतीय यातायातको विकासर विस्तारका लागि बीवाईडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनकोप्रयोग र दिगो यातायाततर्फको संक्रमणलाई तीव्रता दिने साझेदारीसँगै, विपद्को यस कठिन समयमा देश र जनतासँग उभिने साझा प्रतिबद्धताका रूपमा समेत यो सहयोगलाई लिइएको छ । यस पहलले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सामूहिक प्रयासको महत्वलाई थप उजागर गरेकोछ ।
बीवाईडी र साइमेक्सले विपद्बाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दैउनीहरूको शीघ्र उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।