काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौंको कमलादीमा सार्ने भएको छ।
फाइनान्सले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार भदौ २२ गतेदेखि नयाँ कार्यालयबाट सम्पूर्ण सेवा तथा कामकाज सञ्चालन हुनेछ।
हाल काठमाडौंको पुतलीसडकमा रहेको फाइनान्सको केन्द्रीय कार्यालय अब काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको भवनमा सञ्चालन हुने भएको हो।
फाइनान्सले भदौ २२ गतेदेखि आफ्नो सम्पूर्ण कामकाज तथा सेवा नयाँ ठेगानाबाट सञ्चालन हुने जानकारी दिएको छ।