नुवाकोट । रसुवा–भोटेकोशी बाढीले सडक संरचनामा क्षति पुर्याएपछि सडक सञ्जालबाट टुटेको नुवाकोटको विदुरस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज जडान गरिरहेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा सडक सम्पर्क पुन:स्थापित गर्ने प्रयासअन्तर्गत तादी खोलामा ब्रिज जडानको काम अघि बढाइएको हो।