,
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाविरुद्ध खेल्दैछ ।
नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने यो खेल मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुदैछ ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेटले र दोस्रो खेल मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै साउदी अरेबियाले भने यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ ।
नेपालले यस खेलपछि चौथो खेल सेप्टेम्बर ८ मा हङकङ चाइनासँग खेल्ने छ । यस प्रतियोगिताको विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), असिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन् ।