काठमाडौं । रसुवाको भोटेकोसीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि काठमाडौं सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय रुपैयाँ जम्मा गरेको छ ।
संस्थाका अनुसार उक्त रकममध्ये ५ लाख रुपैयाँ संस्थाको तर्फबाट र बाँकी १७ हजार ५ सय रुपैयाँ संस्थाका सञ्चालकहरूको तर्फबाट जम्मा गरिएको हो ।
सहकारीले बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिनुभएका सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।