काठमाडौं । प्रभु बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्डबाहकहरूले मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्समा विभिन्न मोडलका गाडीहरू खरिदमा विशेष छुट पाउने भएका छन् ।
छुटका लागि बैंक र अटोमोबाइल्सबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा परिवारजनहरु, प्रभु बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरुले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्र मोडलका गाडीहरु खरिद गर्दा मोडल अनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।
सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका तर्फबाट सेन्ट्रल विजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनको संयुक्त हस्ताक्षर भएको छ । यो सम्झौता ७ सेप्टेम्बर २०२६ देखि सुरू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहने बताइएको छ ।