काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
बुधबार कम्पनीको संचालक समिती र उच्च ब्यवस्थापनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
भोटेकोशीमा आएको बाढीमा परेका बेला राहत र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले नगद रकम उपलब्ध गराएको सीईओ दिप प्रकाश पाण्डेले बताए ।