काठमाडौं । मोबाइल फोन इम्पोटर्स एसोसिएसनले भोटेकोसी बाढीपीडितलाई ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
एसोसिएसनका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई उक्त रकम बुधबार हस्तान्तरण गरेका हुन् ।
बाढीपीडित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व रहेकाले एसोसिएसनले आफ्नो दायित्व निर्वाह गरेको अध्यक्ष मल्होत्राले बताए ।
सहयोगमा एसोसिएसनमा आबद्ध संस्थाले देखाएको सहयोग र सद्भावप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।