काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १३.८५ अंक घटेर २५३१.५५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७७ अंक घटेर २५२९.७७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ५५ स्टकको १०२ पटकको कारोबारमा १ करोड २ लाख ५ हजार ६२४ रुपैयाँ ७० पैसाबराबरको १७ हजार २९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।