काठमाडौं । साओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ ।
नयाँ सिरिजमा रेडमी नोट १७, रेडमी नोट १७ ५जी, रेडमी नोट १७ प्रो ५जी र रेडमी नोट १७ प्रो म्याक्स ५जी रहेका छन् ।
लामो समयसम्म चल्ने ब्याट्रीका कारण बारम्बार चार्जर बोक्नुपर्ने झन्झट कम हुने कम्पनीले जनाएको छ ।
रेडमी नोट १७ र नोट १७ ५जी मा ७७ सय एमएएच क्षमताको ब्याट्री र ४५ वाट टर्बो चार्जिङ दिइएको छ । त्यस्तै, रेडमी नोट १७ प्रो ५जी मा ८,३४० एमएएच ब्याट्री र ६७ वाट हाइपरचार्ज रहेको छ ।
यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा १० हजार एमएएच क्षमताको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा रहेको छ ।

कम्पनीका अनुसार, यसको ब्याट्री एकपटक पूर्ण चार्ज गर्दा ७२ घण्टासम्म प्रयोग गर्न सकिन्छ । साथै, २० मिनेट चार्ज गर्दा एक दिनसम्म प्रयोग गर्न पुग्ने ब्याट्री क्षमता प्राप्त हुने कम्पनीको दाबी छ ।
सिरिजमा समावेश रेडमी टाइटन सिस्टमले ब्याट्रीको आयु बढाउनुका साथै ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने कम्पनीले जनाएको छ ।
आकर्षक डिस्प्ले र उन्नत क्यामेराको संयोजनासहित प्रो मोडलमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,५०० निट्ससम्मको ब्राइटनेस रहेको छ । त्यस्तै, रेडमी नोट १७ र नोट १७ ५जी मा ६.९९ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले दिइएको छ ।
क्यामेरातर्फ, रेडमी नोट १७ र नोट १७ ५जीमा ५० मेगापिक्सेल मुख्य क्यामेरा र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । रेडमी नोट १७ प्रो ५जी मा ५० मेगापिक्सेल मुख्य, आठ मेगापिक्सेल अल्ट्रा–वाइड र १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।
त्यसैगरी, रेडमी नोट १७ प्रो म्याक्स ५जी मा ५० मेगापिक्सेल मुख्य, आठ मेगापिक्सेल अल्ट्रा–वाइड र ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ ।
मजबुत संरचना र शक्तिशाली प्रदर्शन रहेको प्रो मोडलहरू रेडमी टाइटन स्ट्रक्चर सहित निर्माण गरिएका छन् । यी मोडलमा धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के स्तरको सुरक्षा रहेको छ ।
रेडमी नोट १७ र नोट १७ ५जीमा भने आईपी६५ स्तरको सुरक्षा दिइएको छ । प्रदर्शनका लागि सिरिजका विभिन्न मोडलमा स्न्यापड्रागन ६ जेन ५, स्न्यापड्रागन ६एस जेन ४, स्न्यापड्रागन ६एस ४जी जेन २ र स्न्यापड्रागन ४ जेन ४ चिप सेट प्रयोग गरिएको छ ।
नेपालमा रेडमी नोट १७ सिरिजका विभिन्न भेरियन्टको मूल्यमा उपलब्ध छ । रेडमी नोट १७ को ६जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४२ हजार ९९९ तोकिएको छ भने ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रहेको छ ।
त्यसैगरी, रेडमी नोट १७ ५जी को ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ रहेको छ ।
रेडमी नोट १७ प्रो ५जी अन्तर्गत आठ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५७ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६४ हजार ९९९ तोकिएको छ ।
त्यस्तै, रेडमी नोट १७ प्रो म्याक्स ५जी को ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ७९ हजार ९९९ रहेको छ ।
रेडमी नोट १७ र नोट १७ ५जी सेलेस्टियल पर्पल, स्काई टिल र ब्ल्याक रङमा उपलब्ध छन् । रेडमी नोट १७ प्रो ५जी स्काई ब्लु, साटिन ओरेन्ज, पर्पल र ब्ल्याकमा उपलब्ध छ । प्रो म्याक्स ५जी भने क्लाउड ब्लस, ग्रिन, पर्पल र ब्ल्याक रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नि:शुल्क रेडमी बड्स ६ प्लेसहित रेडमी नोट १७ प्रो सिरिज खरिद गर्ने ग्राहकले दुई हजार ४९९ मूल्य पर्ने रेडमी बड्स ६ प्ले नि:शुल्क प्राप्त गर्नेछन् । यो अफर फोन सार्वजनिक भएको मितिदेखि सेप्टेम्बरको अन्त्यसम्म लागु हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, ग्राहकले नेपालभरका आधिकारिक बिक्रेतामार्फत नागरिकता प्रस्तुत गरी डाउन पेमेन्ट गरेपछि शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा समेत लिन सक्नेछन् ।