काठमाडौं । भदौ १० गते रसुवाकोभोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुन:स्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो।
बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्। यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै शाओमी नेपालले मानवीय सहयोगस्वरूप उक्त रकम प्रदान गरेको जनाएको छ ।
उक्त सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको हो।
उक्त अवसरमा विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुन:स्थापनाका लागि भइरहेका सरकारी प्रयासमा आफ्नोतर्फबाट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

शाओमी नेपालले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा आफूहरू जिम्मेवार रहेको उल्लेख गर्दै यस सहयोगबाट राहत तथा उद्धारका कार्यमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
“नेपालसँगै, नेपालका लागि” भन्ने भावनासहित शाओमी नेपालले नेपाली समुदायको सुख–दु:खमा साथ दिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।