काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
आज बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैकले ३ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।