काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ ।
कम्पनीले लगातार दोस्रो वर्ष एनपीएलमा चितवन राइनोजसँग सहप्रायोजकका रूपमा साझेदारी गरेको हो । साझेदारीसम्बन्धी सम्झौतापत्रमा हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार एनपीएलको आगामी सिजनमा चितवन राइनोजको जर्सीमा हिमालयन एभरेस्ट इन्स्योरेन्सको लोगो रहनेछ ।
एनपीएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुँदैछ ।