रसुवा । भोटेकोशी बाढीपछि पुरिएको चिलिमे हाइड्रोमा फेला परेका मध्ये एउटा शव निकालिएको छ । फेला परेका थप तीन शव निकाल्ने क्रममा छ ।
सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार त्यहाँ थप जीवित वा मृत मानिस हुनसक्ने सम्भावना छ।
भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् ।
सुरुङभित्र मानिसहरू रहेको आशंकामा नेपाली सेनासहित सशस्त्रका ११ जनाको टोली खोजीमा खटिएका थिए ।