काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) ले नुवाकोट, टिमुरे र रसुवाका बाढीपीडित नागरिकका लागि राहत सामग्री वितरण गरेको छ।
२०८३ भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले नाडाले विभिन्न प्रकारका राहत सामग्री उपलब्ध गराएको हो।
नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले असोज ३ गते जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको थियो।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतदेखि नै विभिन्न विपत्तिका समयमा प्रभावित नागरिकलाई सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

