काठमाडौं । आज संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्ने भएको छ ।
आज कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
आज बिहान १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद व्यवस्थापन, प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा जलवायु न्याय सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी विहान ९ बजेदेखि शुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, आज बिहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरो प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट, धादिङ) मा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माण तथा पुनर्निर्माणको लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
