काठमाडौं । नेपाली कांग्रेसले १५ औं महधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् नारा र लोगो सार्वजनिक गरिएको हो।
नारा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन– परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने छ।
साथै लोगोमा बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ। १५ औं केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुनेछ।