काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय टेकु पुगेको छ ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो ।
आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीहरुले आधा घण्टादेखि गेटमा कुराएका छन् ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘सुरक्षा थ्रेट’पछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् ।