काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार (आज) आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आर्थिक वर्षभरि सम्पादन गरेका काम, गतिविधि तथा समावेशीकरणसँग सम्बन्धित विषय समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो ।