काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
क्षेत्रीय अधिवेशनअन्तर्गत भएको प्रतिनिधि चयन प्रक्रियामा थापा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अघि बढिरहेका बेला थापाको चयन भएको हो ।
काठमाडौं–४ बाट महाधिवेशन प्रतिनिधि चयन भएपछि थापा अब पार्टीको १५औँ महाधिवेशनमा सहभागी हुनेछन् ।