काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आसिफ शेख १३ बलमा ७ रन बनाएर आउट भएका हुन् ।
यो समाचार तयार पार्दासम्म ६ ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाएर २० रन जोडेको छ ।
यो खेल जित्न सके नेपालले प्रतियोगिता छैटौं स्थानमा टुंग्याउने छ भने अन्यथा अंक तालिकामा माथि उक्लिन सक्ने छैन ।
आईसीसीले आधिकारिक रूपमा केही नभने पनि नेपालको यो खेललाई एकदिवसीय मान्यतासँग जोडेर समेत हेरिएको छ ।