काठमाडौं । आईसीसी विश्व क्रिकेट ’लिग टु’को वर्तमान साइकलअन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आशिफ शेख र टप अर्डर ब्याट्सम्यान इशान पाण्डे आउट भएका हुन् ।
आसिफ १३ बलमा ७ र इशान ६० बलमा २९ रन बनाएर आउट भए ।
यो समाचार तयार पार्दासम्म २२ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ८५ रन जोडेको छ ।
यो खेल जित्न सके नेपालले प्रतियोगिता छैटौं स्थानमा टुंग्याउने छ भने अन्यथा अंक तालिकामा माथि उक्लिन सक्ने छैन ।
आईसीसीले आधिकारिक रूपमा केही नभने पनि नेपालको यो खेललाई एकदिवसीय मान्यतासँग जोडेर समेत हेरिएको छ ।
