काठमाडौं । आईसीसी विश्व क्रिकेट ’लिग टु’को वर्तमान साइकलअन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेलमा देव खनालपछि दीपेन्द्र सिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् ।
उनले ४७ बलमा ३ चौका र ३ छक्काको मद्तले ५० रनको आँकडा पूरा गरे । यसअघि घरेलु टोली ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर देव खनालले ६० बलमा ३ चौका र १ छक्काको मद्दतले ५० रनको आँकडा पूरा गरेका थिए । खनाल ५७ रन बनाएर आउट भए ।
त्यसअघि आसिफ शेख १३ बलमा ७ र इशान पाण्डे ६० बलमा २९ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार पार्दासम्म ४० ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर १८७ रन जोडेको छ ।
यो खेल जित्न सके नेपालले प्रतियोगिता छैटौं स्थानमा टुंग्याउने छ भने अन्यथा अंक तालिकामा माथि उक्लिन सक्ने छैन ।
आईसीसीले आधिकारिक रूपमा केही नभने पनि नेपालको यो खेललाई एकदिवसीय मान्यतासँग जोडेर समेत हेरिएको छ ।
