काठमाडौं । आइसीसीले नेपाल प्रिमियर लिग (एनपीएल)का खेललाई ’लिस्ट ए टी–२०’को मान्यता दिएको छ ।
आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी–२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो । नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ ।
त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू हुँदैछ । एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुर क्रिकेट रंगशालामा आयोजना हुँदैछ ।