काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न विमानस्थल पुगेका छन्।
तीन दिनको भ्रमणका क्रममा लामिछाने परिवारले धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
लामिछानेको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उनी परिवारसहित दुवै धार्मिक स्थलमा पुगेर पूजाअर्चना गर्नेछन्।