काठमाडौं। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘सिटिजन्स सुपर ५०’ को इकाइ बिक्री आगामी मंसिर २ गतेदेखि खुला हुने भएको छ।
योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन गर्न लागिएको हो। कुल इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री गरिनेछ।
लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। यसअनुसार न्यूनतम १ हजार रुपैयाँ लगानी गरेर योजनामा सहभागी हुन सकिनेछ।
आवेदन दिने समय मंसिर ७ गतेसम्म तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरे बिक्री अवधि मंसिर १६ गतेसम्म लम्बिनेछ। ‘सिटिजन्स सुपर ५०’ को योजना व्यवस्थापक तथा डिपोजिटरीको जिम्मेवारी सिटिजन्स क्यापिटलले सम्हाल्नेछ।
बन्दमुखी प्रकृतिको योजनामार्फत सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको लगानी संकलन गरिनेछ।
