काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।