काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १ सय ८७ रनको विशाल चुनौती दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेटको क्षतिमा १ सय ८६ रनको योगफल खडा गर्यो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ८७ रनको योगदान दिए ।
५२ बलको सामना गरेका उनले ९ छक्का र ३ चौका प्रहार गरे । यस्तै आन्द्रे रसेलले पनि उत्कृष्ट ब्याटिङ गरे । उनले १५ बलमा २७ रन जोडे । एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन जोडे ।
बलिङमा कर्णाली याक्सका सोमपाल कामी एक्लैले चार विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए ।