काठमाडौं । लक्ष्मीपूजाको दिन विद्युतको आन्तरिक उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको हो। उक्त समयमा प्रणालीमा कुल २ हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भएको थियो।
उक्त दिन निजी क्षेत्रका विद्युत् आयोजनाबाट सबैभन्दा धेरै १ हजार ५३६.५० मेगावाट विद्युत् उत्पादन भएको थियो। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो।
लक्ष्मीपूजाको समयमा काठमाडौं उपत्यकाको अधिकतम विद्युत् माग ४८९.५० मेगावाट पुगेको थियो।

