काठमाडौं । सरकारले कात्तिक ३० गते सोमबार छठ पर्वको सार्वजनिक बिदा दिने निर्णय गरे पनि कात्तिक मसान्त दिन कर कार्यालयहरू खुला हुने भएका छन् ।
आन्तरिक राजश्व विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र सबै आन्तरिक राजस्व कार्यालयलाई पत्र लेख्दै कार्यालय खुला राख्ने निर्णय भएको जानकारी गराएका छन् ।
यस दिन राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय खुला राख्न र कार्यसम्पादन गर्न विभागले निर्देशन दिएको छ ।
