काठमाडौं । तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन् ।
भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा.कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनीहरुलाई राजदूत पदमा नियुक्त गरेका थिए ।
मन्त्रिपरिषद्ले १३ जना राजदूतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरुमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । अग्रिमो आएका ३ जना राजदूतहरूले मात्रै सोमबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

