काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले प्रोटोन कार जितेका छन् । त्यस्तै, अभियानमार्फत २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।
कम्पनीका अनुसार प्रदीपले अभियानको बम्पर पुरस्कारस्वरूप कार जितेका हुन् । कार जितेपछि लामाले खुसी व्यक्त गर्दै एउटा क्यानबाटै यति ठूलो पुरस्कार प्राप्त होला भन्ने कल्पनासमेत नगरेको बताए । सुरुमा कार जितेको खबर पत्याउनै गाह्रो भएको उनको भनाइ छ । अभियानअन्तर्गत हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितिसकेका छन् ।
मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा, लहानका रुपेश महतो, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी रहेका छन् ।
त्यस्तै, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन् ।

स्कुटर जित्नेमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर फौगाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन् ।

यसैगरी, सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौँडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले स्कुटर जितेका छन् ।

कम्पनीले ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो । हालसम्म १६ वटा मोटरसाइकल र १२ वटा स्कुटर वितरण भइसकेका छन् ।

अब दुईवटा मोटरसाइकल र ६ वटा स्कुटर गरी आठवटा पुरस्कार जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अभियानमार्फत उपभोक्ताले म्याक्स टाइगर इनर्जी ड्रिंकको प्रत्येक क्यानबाट पुरस्कार जित्ने अवसर पाउँदै आएका छन् ।