काठमाडौँ, असोज १ – विश्व एथ्लेटिक्स महासंघका पूर्वप्रमुख लामिने डिएकलाई दुई वर्षको जेल सजाय भएको छ। ८७ वर्षीय सेनेगली डिएकले रसियन डोपिङ स्क्यान्डलसँग जोडिएको भ्रष्टाचार र मनी लाउन्डरिङ प्रमाणित भएपछि २ वर्ष जेल सजाय र ५ लाख पाउण्ड जरीवाना तोकिएको छ।
डिएकमाथि डोपिङ टेष्ट गरेका खेलाडीहरुको डोपिङ नतिजा ढाक्न खेलाडीबाट घुस लिने गरेको आरोप लागेको थियो। यस्तै, २०१२ लन्डन ओलम्पिकसहित अन्य प्रतियोगितामा ती खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न दिइएको थियो ।
न्यायाधीशले उनका कार्यहरूले एथलेटिक्सको मूल्य र डोपिङविरूद्ध लडाइँलाई हानी पुर्याएको जनाएका छन् । उनी नोभेम्बर २०१५ देखि पेरिसमा नजरबन्दमा थिए ।
उनलाई चार वर्ष जेल सजाय सुनाइएको थियो। तीमध्ये दुई वर्ष निलम्बित थिए । डिएकका वकिलहरूले भने त्यो फैसलाविरूद्ध अपिल हुने बताएका छन्।
FACEBOOK COMMENTS