काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ रहेकोमा बिहीबार १ हजार ४ सय रुपैयाँले बढेको हो ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएकोमा बिहीबार ३५ रुपैयाँले बढेको हो ।