१–पार्टीको नाम, झण्डा र चुनाव चिह्न दुरुपयोग नगर्न देउवा समूहलाई कांग्रेसको चेतावनी,कांग्रेस देउवा समूहको १५औँ महाधिवेशनको तयारी तीव्र
२–कर्णाली प्रदेशले भोट नदिए पनि विकासमा रास्वपाको प्राथमिकता रहने रास्वपाका सभापति रवि लामिछानेको उद्घोष,रास्वपाका कार्यकर्तालाई जनताले ‘झोले’ नभनुन भनेर फाइल र डायरी दिइने
३–मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा संकलन,‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट उपेन्द्र पौड्याल सम्मानित
४सुकुम्बासी होल्डिङ सेन्टरभित्र सहयोगस्वरूप ल्याइएको खाना भित्र प्रवेश गर्न नदिएपछि सडकमै खाना खाँदै सुकुम्बासी,सुकुमबासी बस्ती हटाउने नाममा अमानवीय व्यवहार भएको कांग्रेसको ठहर
५–तुइनखोला पहिरो रोकथाम गर्न नारायणगढ मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने,अध्यागमनमा महानिर्देशक र ६ जिल्लामा सीडीओ फेरिए

६–साताको सेयर बजार उतारचढावका बीच नेप्सेमा सामान्य सुधार,यो साता सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन ७०० र चाँदी ८५ रुपैयाँले बढ्यो
७–गोरखामा विवाह गर्ने गृहमन्त्री गुरुङको घोषणा,तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्ने जानकारी

८–झारफुक गरी निको पार्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएका कालीबहादुर रोकाया पक्राउ,खसीको भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा आठ जना नियन्त्रणमा

९मानवअधिकार आयोगमा इनम सापकोटाको निवेदन, धम्की दिँदै उच्चपदस्थविरुद्ध बयान दिन लगाएको दाबी, रहस्यमय बन्दै अनुसन्धान