काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गतको खेलमा अर्को जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेल अल नासरले अल हाजेमलाई १-० गोलले पराजित गरेको हो । अल नासरको जितमा खेलको २६औं मिनेटमा सामु कोस्टाले गरेको गोल नै खेलको निर्णय गोल बनेको थियो ।
यो जितपछि अल नासरको १३ खेलमा ३१ अंक भएको छ र शिर्ष स्थानमा रहेको अल क्वादसिआहसँग बराबरी गरेको छ ।