काठमाडौं । सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुन: सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ।

उद्योगका ४०८ वटामध्ये १५ वटा तान (लुम) मर्मतसम्भार गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादनको काम जारी छ।

ती मेसिनमार्फत निजामती महिला कर्मचारीका पोसाक तथा अस्पतालका बेडसिट तयार पारिएको छ।चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको यो उद्योग २०५७ सालमा बन्द भएको थियो।




