काठमाडौं – सिद्धार्थ बैंकले एकैदिन ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सोमबार मात्रै कैलालीको अत्तरीया, बाँकेको खजुरा, दाङ्गको लमही, बाराको देवताल, चितवनको भरतपुर र कास्कीको लेखनाथमा गरी ६ वटा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गरेको हो ।
यी शाखाहरुको सञ्चालनसँगै स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS