काठमाडौँ, असोज १६ – कोरोनाभाइरस (कोडिभ–१९) महामारीले विकास आयोजना प्रभावित भइरहेका बेला एसियाली विकास बैंक (एडिबी) को सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्वाध रुपमा अगाडि बढिरहेको छ । कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाईएको हो ।
बैंकले आफ्ना शतप्रतिशत लगानी रहेका विकास परियोजनामा यो एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएकोे जनाएको छ । एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको पनि एडिबीले जनाएको छ । यसरी बनेको एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा विभित्र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा बिकाससँग सम्बन्धित संस्थाहरुले जारी गरेका निर्देशिकाहरुलाई पालन गरी बनाइएको हो ।
कोभिड–१९ जोखिमका कारण अहिलेसम्म पनि अन्य स्रोतहरुबाट संचालित धेरै विकास परियोजनाहरु अगाडि बढ्न सकिरहेका छैनन् । एडिबीले अन्तरर्राष्ट्रिय उत्तम अभ्यासहरु अवलम्बन गर्दै कार्य शुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर मे देखि नै लागू गर्न आयोजना कार्यान्वयन निकायहरुलाई परिपत्र गरेको थियो । मार्चमा लकडाउन (बन्दाबन्दी) सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाईएको बैंकले जनाएको छ ।
कोभिड जोखिम व्यवस्थापन सम्बन्धि सरकार तथा अन्य आधिकारिक निकायहरु जस्तै डब्लुएचओ, आइएलओ, आइएफसीले तोकेका मापदण्डहरु अपनाई रोकिएका काम सुचारु गर्न एडिबीले मे को शुरुदेखि नै आयोजना कार्यान्वयन निकायलाई परिपत्र गरेको थियो । त्यसका लागि एडिबीले सबै परियोजना कार्यान्वयन निकायसँग दु्रत सर्वेक्षण गरी ती निकायले माग गरे अनुुसार जुलाई २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण ब्यवसायीहरुलाई एससोपी कार्यान्वयनबारे अभिमुखीकरण तथा परामर्श दिएको एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले बताए ।
एसओपीमा निर्माण कार्य शुरु गर्दा व्यवस्था गर्नुपर्ने मूख्य दुई क्षेत्रहरु कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरुको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा दिइएको बैंकले जनाएको छ ।
निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यतिmगत अभ्यासहरु पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन शुरु गरिएको थियो । त्यसक्रममा भौतिक दुरी, व्यतिmगत व्यवहार, बैठकमा भाग लिदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनु पर्ने उपाय स्पष्ट रुपमा जानकारी गराइएको थियो ।
त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाईने कार्यविधिहरुमा काम सुरु गर्नु अघि कामदारको व्यवस्थापन, प्रवेशद्वारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलिकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरुको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको सिंहले बताए । आतकालीन प्रोटोकलतर्फ आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वाराईण्टाईनको व्यवस्था पनि आयोजनाहरुमा गरिएको छ ।
कार्यक्रममा एडिबीका देशिय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए । । एडिबीसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको वेभिनारमा उनले बैंकले तयार पारेको एसओपी आयोजनाहरुमा लागू भइरहेको र एउटा राम्रो सुरुवात भएको जानकारी दिए । यसले निर्माण क्षेत्रमा कोभिड–१९ को जोखिम कम गराउन र कर्मचारीहरुमा संक्रमण फैलिन नदिएको उनले बताए ।
बैंकको लगानीमा निर्माणाधिन परियोजनाहरले पहिले नै एसओपीको विकास गरेको र प्रयोगमा पनि ल्याउनु सुखद् भएको उनले बताए । विकास परियोजनालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले एडिबीले एसओपी बनाएर निर्माणलाई निरन्तरता दिएको उनको भनाई थियो ।
विकास आयोजनामा कोभिडको प्रभाव
सीबीएसको तथ्यांकअनुसार २०१९—२०२० मा निर्माण क्षेत्रको योगदान ४८८ अर्ब रुपैयाँ थियो । निर्माण क्षेत्रमा १७ लाख कामदार कार्यरत छन् जसमा ३ लाख जना महिनावारी तलब लिने छन् । तर महामारी पछाडी ५०% ले मात्र तलब पाएका छन् । बाँकी १४ लाखमध्ये ९५% जतिले रोजगारी गुमाएका छन् । महामारीले आपूर्ती व्यवस्थालाई भत्काएको छ । खानीजन्य, क्रसर तथा फलामजन्य उद्योग बन्द भएका छन् । यसले समग्र निर्माण कार्यलाई ठप्प बनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वार्षिक आठ खरब बराबरको विकास निर्माणको काम हुन्छ । निर्माण क्षेत्रले करीब ८ प्रतिशत कुलगार्हस्थ उत्पादनमा सहयोग गर्छ र ३५ प्रतिशत बजेट उपयोग गर्छ । करीब ३० लाख मानिसहरुले निर्माणका आयोजनाहरुमा काम गर्छन् । कोभिडले सबै निर्माण आयोजनाहरुलाई कम्तिमा एक बर्ष पछाडी धकेलेको छ ।
देशको आर्थिक क्षेत्रमा कोभिडको प्रभाव
आर्थिक वर्ष २०२० मा भएको २.३ % आर्थिक बृद्धि आर्थिक वर्ष २०२१ मा १.५% मा खुम्चने प्रक्षेपण एडिवीको अध्ययनले देखाएको छ । आ.ब. २०२१ मा मूल्य बृद्धि ५.५% मा रहने अनुमान गरिएको छ । यो महामारीले सरकारको राजश्व संकलनमाकमिआउने तर सार्वजनिकखर्चमा बृद्धि हुने देखाएको छ । परिणामत वित्तीय सोधनान्तर स्थितिमा कमितथा ऋणमा वृद्धि हुनेछ । आईएमएफको प्रक्षेपण अनसार सार्वजनिक ऋण र कुलगार्हस्थ उत्पादनको रेसियो २०१९ को ३०.१% बाट बढेर सन् २०२५ मा ४७.८% पुग्नेछ । हालविप्रेषणमा सकारात्मक बृद्धि देखिएपनियसमा समेत भविष्यमाकमिआउन सक्नेछ ।
कोभिड-१९ ले विश्व अर्थतन्त्रसहित नेपालको अर्थतन्त्रलाई प्रभावितपारेको छ ।कोभिडकै बीचमाविकास निर्माणलाई पनिनिरन्तरतादिनु आजको आवश्यकताहो । सोहीआवश्यकतालाई मध्यनजर गर्दै एडिबीले एसओपीबनाएर आफ्नो लगानीकाविकास आयोजनालाई अगाडि बढाएको जनाएको छ ।
FACEBOOK COMMENTS