तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा पुन:विश्व बाँस्तोला विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा बाँस्तोलाले १८७ मत पाएर विजयी बने । उनका प्रतिद्वन्द्वी डा शेषरमण न्यौपानेले ६४ मत प्राप्त गर्नुभएको निर्वाचन संयोजक लक्ष्मी अधिकारीले जानकारी दिए ।
उनका अनुसार उपसभापतिमा विष्णुबहादुर पन्तले १३१ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी पदराज न्यौपानेले १२४ मत पाए । त्यसैगरी, सचिवमा अनिल श्रेष्ठ सर्वसम्वत निर्वाचित भए । सहसचिवमा दुर्गाकुमार श्रेष्ठले १२७ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी पदम सुनारले १२६ मत पाए ।