काठमाण्डौँ — नौबीसे–नागढुंगा सडकमा जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा बुधबारदेखि रोक लगाइएको छ ।
चाडबाडका बेला अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै सवारी प्रवेशमा रोक लगाइएको हो ।
एक सातासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले बताए ।
यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ।
चितवन जिल्लादेखि नै राजधानी प्रवेश गर्ने मालवाहक सवारीलाई रोक्ने बताइएको छ।
ठूला ढुवानी साधन राजधानी प्रवेशमा रोक लगाइएपछि चितवनको कुरिनटार, फिस्लिङ, चुम्लिङटार, जोगीमारा, मझिमटार, मौवाखोला, विशालटारलगायत स्थानमै रोकिएका छन्।
— कान्तिपुर
FACEBOOK COMMENTS