काठमाण्डौँ — कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्माणाधीन रुदीखोला–ए जलविद्युत आयोजनाको निर्माण सकिएको छ।
८ दशमलव ८ मेगावाट क्षमताको आयोजनाको निर्माण सकिएपछि ‘वेट टेस्टिङ’ थालिएको छ।
आयोजना प्रमुख सरोज भट्टराईका अनुसार बाँधस्थलको निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्यांक निर्माण, पावरहाउस लगायत संरचनाको निर्माण सकिएको छ ।
कास्कीको मिजुरे र लमजुङको सिङ्दीबेसी सिमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कल्भर्ट (नहर) निर्माण पूरा भएको छ।
३१ मार्च २०१६ बाट निर्माण सुरु भएको यो योजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको थियो।
तर, विचमा भएको भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही समय ढिलाइ भएको आयोजनाले जनाएको छ। यस्तै गत असारमा आएको बाढीले क्षति पुर्याउँदा निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ।
— अन्नपूर्ण
FACEBOOK COMMENTS