काठमाडौं, २८ असोज – मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङको रतुवामाई नगरपालिका-१० सातमेडीमा एक युवाको मृत्यु भएको छ। घर छेउमा विद्युत मोटर जडान गर्दै गरेको अवस्थामा अचानक करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले जानकारी दिए।
उनका अनुसार करेन्टले बेहोस भएका लिम्बूको उपचारका क्रममा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।
FACEBOOK COMMENTS