काठमाडौं, कात्तिक ३ – चिनियाँ भ्याक्सिनले एन्टिबडीमा राम्रो प्रभाव देखिएको छ । ‘द ल्यासेन्ट जर्नल’मा प्रकाशित एक रिपोर्ट अनुसार चिनियाँ भ्याक्सिन परीक्षणका क्रममा कोरोनाविरुद्धको एन्टिबडी निर्माणमा सबै उमेर समूहका व्यक्तिमा प्रभावकारी पाइएको उल्लेख छ ।
चिनियाँ एक भ्याक्सिनको अप्रिल २९ देखि जुलाइ ३० सम्मको नतिजालाई जर्नलमा प्रकाशित गरिएको रोयटर्सले जनाएको छ । अनुसन्धानमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सलगायतका ठूला ठूला संस्थाहरु सहभागी भएका थिए । सुरुवातमा सहभागी सबै स्वयम् सेवकहरुमा राम्रो प्रभाव देखिएको छ ।
‘द ल्यासेन्ट इन्फेक्सियस डिजिज जर्नल’मा प्रकाशित रिपोर्टमा अनुसन्धानकर्ताहरुले भनेका छन, ‘यो भ्याक्सिन प्रभावकारी मात्र होइन, पुरै परीक्षणका क्रममा अहिलेसम्म कुनै पनि स्वयम् सेवकलाई घातक साइड इफेक्ट देखिएको छैन । यो भ्याक्सिनको परीक्षणमा १८ वर्षका नौजवानदेखि ८० वर्षका ६ सय भन्दा धेरै स्वयम् सेवक सामेल गरिएको थियो ।’
विशेषज्ञहरुले परीक्षणको प्रारम्भिक चरणको उद्देश्य भ्याक्सिनको सुरक्षा र रोग प्रतिरोधात्मक प्रणालीमा त्यसको असरका विषयमा अनुसन्धान गर्नु रहेको जनाएका छन् । यो भ्याक्सिन कोरोनाबाट मानिसलाई बचाउन सक्षम रहेको उनीहरुको भनाइ छ । यो नतिजा अहिले जारी तेस्रो चरणको परीक्षणका लागि महत्वपूर्ण हुने विशेषज्ञको भनाइ छ ।
चीनले विकास गरेका ५ वटा भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको परीक्षणमा छन् । अन्य देशको तुलनामा चिनियाँ भ्याक्सिन सुरक्षित र प्रभावकारी मानिएको छ । त्यसैले विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले पनि आपतकालीन प्रयोगका लागि भ्याक्सिन प्रयोगको अनुमति दिइसकेको छ । डब्ल्युएचओको तथ्याङ्क अनुसार अहिले विभिन्न देशका ४० भन्दा धेरै भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् ।
FACEBOOK COMMENTS