काठमाण्डौँ – गण्डकी प्रदेश सरकारले प्रदेशमा भित्रिने पर्यटकको तथ्यांक संकलन सुरु गरेको छ
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको सहयोगमा तथ्यांक संकलन सुरु गरेको हो।
पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म बर्सेनि कति पर्यटक आउँछन् भन्ने तथ्यांक छैन।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा पोखरामा ६८ हजार पाँच सय दुईजना पर्यटक विभिन्न मार्ग हुँदै पोखरा प्रवेश गरेका छन्।
हवाइ मार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउने छ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS