काठमाडौं, कात्तिक २८ – अहिलेसम्म तपाईले मात्रै कथा वा फिल्ममा मात्रै मानिस उडेको सुन्नु र देख्नुभएको होला । तर अब भने वास्तविक रपमै उड्न सकिने भएको छ । हामीलाई सानोमा चरा जसरी नै उड्न पाए हुन्थ्यो भन्ने आकांक्षा हुन्थ्यो तर अब त्यो आफ्नो आकांक्षा पूरा गर्न सकिने भएको छ ।
बीएमडब्ल्यू कम्पनीले एक विंगसूट बनाएको छ । यो इलेक्टिक ज्याकेटको सहयोगले मानिस अब १० हजार फीटको उचाईमा उड्न सक्नेछ ।
एक रिपोर्टका अनुसार विंगसूट १८६ मील प्रतिघण्टाको गतिमा आकाशमा उड्न सक्छ । तर सामान्य सूट ६२ मील प्रति घण्टासम्म उड्छ । यसको डिजाइन पेशाले स्काइडाइभर पिट साल्जम्यानले गरेका हुन् ।
FACEBOOK COMMENTS