काठमाण्डौँ — त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक कर्मचारीले लापरबाही र अनियमितता गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो ।
केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् ।
उनीहरू हाजिर गरेर निजी कलेज र व्यक्तिगत काममा धाउँछन् ।
सातामा १२ देखि १५ कक्षा पढाउनुपर्ने प्राध्यापकले ३र४ वटा कक्षा मात्रै लिइरहेको प्रतिवेदनले देखाएको छ ।
त्रिविमा ७ हजार ९ सय २० प्राध्यापक छन् ।
तीमध्ये १ हजार ४ सय १० जनाले अन्य निकायमा अध्यापन गर्न अनुमति लिएका छन् ।
‘त्रिविका शिक्षकले तोकिएअनुसार क्याम्पसमा नपढाउने र हाजिर गरेर निजी कलेजहरूमा पढाउन गएको देखिएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताए ।
केन्द्रको ४ सदस्यीय टोलीले केन्द्रीय कार्यालयसहित विज्ञान संकाय, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनुसन्धान गरेको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS