काठमाडौं, कात्तिक ३० – वालिङ नगरपालिकास्थित पाइनियज अंग्रेजी आवासीय विद्यालयका ४८ वर्षीय शिक्षक लेखनाथ गैह्रेलाई मिर्गौला रोग उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।
विगत केही महिनादेखि मिर्गौला रोगबाट पीडित गैह्रेलाई २०५७ सालको एसएलसी ब्याचले सहयोग रकम उठाएको हो । सोही स्कूलका ४९ जना पूर्व विद्यार्थीहरूले १ लाख ८६ हजार ५ सय ५२ रुपैयाँ संकलन गरी आज हस्तान्तरण गरेका हुन् ।
गैह्रेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS